काँग्रेस लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उभिनुपर्छ : उपसभापति निधि

5.4K
shares

कैलाली । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले मगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्थामा काङ्ग्रेसले सङ्घीय शासन प्रणाली, समावेशी शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि उभिनुपर्ने आवश्यकता रहेको बताए।

उनले संविधानको प्रावधानअनुसार तीन तहको सम्पन्न निर्वाचनमा कम्युनिष्ट पार्टीले सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा बाहुल्यता प्राप्त गरेको तर काम गर्न नसकेको उल्लेख गरे। उपसभापति निधिले सङ्घीय, समावेशी र स्थानीय तहको संरचनाको सफल कार्यान्वयन र पूर्णता प्रदान गर्ने काममा सरकारले कुनै चासो नदिएको आरोप लगाए।

उपसभापति निधिले प्रदेश नं २ बाहेक ६ वटै प्रदेशमा कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको उल्लेख गर्दै भने, “प्रदेश सरकारलाई न त केन्द्रीय सरकारले अधिकार दिएको छ न त प्रदेश सरकार नै अधिकार लिनका लागि सक्रियरूपमा अगाडि बढेका छन्।रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083