द्वन्द्वपीडितको न्यायका लागि विशेष अदालत गठन गर्न सरकारसँग माग

6.2K
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्वपीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्वपीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। नेता लेखकले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याएर नेपालले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अब संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

पीडितलाई परिपूरण गर्ने, पीडिकलाई दण्डित गर्ने काम गरेर सरकारले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्नुपर्ने नेता लेखकको भनाई छ। कांग्रेस नेता लेखकले पीडितलाई न्याय दिँदा उनीहरूको आत्मसम्मान वृद्धि गर्ने काममा जोड दिन पनि सरकारलाई आग्रह गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083