‘प्रचण्ड’माथि खुकुरी प्रहारको हल्ला ‘अनर्गल कुप्रचार’ मात्र

5.72K
shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ । गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो । प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम गर्न, भ्रम छर्न र कुप्रचार गर्न यसप्रकारको हल्ला फैलाइएको प्रतिक्रिया दिए ।

आलोचना गर्न केही नपाएर अब यस्तो कुप्रचार पनि गर्न थाले । उनले भने, “जिल्लाका सबै सुरक्षा प्रमुख सँगै भएको अवस्थामा कहाँ कसले कसरी त्यस्तो गर्यो भन्ने कुनै प्रमाण नभइकन यो दुष्प्रचार गरिएको मात्रै हो । महराले पछिल्लो समयमा अध्यक्षमाथि बिभिन्न कोणबाट अनर्गल प्रचार भएकोमा आपत्ती व्यक्त गर्दै भने, “कुनै प्रमाण बिना, कुनै तथ्यमा नटेकिकन गरिएका यस्ता प्रचार समाजलाई आतंकित पार्न खोज्ने तत्वको षडयन्त्र मात्रै हो ।

यस्तामाथि कार्वाही गर्नुपर्छ कि पर्दैन ? अध्यक्ष महराले संवेदनशील विषयमा सत्यतथ्य बुझेर मात्रै समाजमा सूचना सुसुचित गर्न समेत अनुरोध गरे । अध्यक्ष प्रचण्ड दुई दिने भ्रमणमा गृह जिल्ला चितवन पुगेका थिए । चितवनमा उनले स्थानीय संघसंस्थाले आयोजना गरेका बिभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए ।

चितवनमा अत्यधिक मतले विजयी प्रचण्डका बारेमा सामाजिक सञ्जालमा कसले यस्तो हल्ला फैलायो भन्ने कुराको खोजि भइरहेको सुरक्षा श्रोतले जनाएको छ । जथाभावी कुप्रचार गर्नेको खोजी अनुसन्धान शुरु गरेका छौं । सुरक्षा श्रोतले भन्यो, भ्रम छरेर कसैलाई बदनाम गर्न खोज्ने तत्वहरुमाथि कडा कार्वाही हुन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083