नेबिसंघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात

6.4K
shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ। बिहान घरमै रहेका बेला करिब ६ बजेतीर मुटुमा समस्या देखिएपछि उनलाई करिब ८ बजे हेम्स अस्पताल धुम्बराहीमा पुर्याइएको र त्यहाँबाट पुनः गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका लागि पुर्याइएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

काफ्लेको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा शल्यक्रियाइ भईसकेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार उनी अहिले खतरामुक्त छन्। उनलाई अहिले सिसियूमा राखेर उपचार गराइरहेको छ। काफ्लेलाई भेट्न प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल लगायतका काँग्रेस नेताहरु अस्पताल पुगेका छन्।


divya collage
unigloble collage