गुरु नानक जयन्ति : शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व– मुख्यमन्त्री पोखरेल

5.58K
shares

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताएका छन् ।

श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले काठमाडौंका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडौंका मठ मन्दिरमा रहनु गौरवको विषय भएको बताए ।

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक रहेको बताउँदै उनले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उल्लेख गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083