समृद्ध नेपाल निर्माणमा राष्ट्रिय संकल्प आवश्यक छ : मन्त्री मगर

5.32K
shares

दोलखा । खानेपानी मन्त्री विना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकि छन् । रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्म विश्वास र एकरुपकता सबैमा हुनुपर्ने बताएकि हुन्।

कार्यक्रममा उनले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताइन् । दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न आफ्नो पुर्ण प्रतिबद्धता रहेको जनाउदै उनले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको बिकास गर्न आफु लागि पर्ने धारणा राखिन् । त्यस्तै खानेपानीको सम्बन्धमा उहाले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउपालिकामा आपुर्ति गर्ने ब्यवस्था मिलाउन डिपिआरका लागि बजेट छुट्टाउने बताइन् ।

जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल्याउने प्रतिबद्धता व्यक्त गरिन ।मंसिर १ गतेबाट सुरुभएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे । फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला, काठमाडौले दोलखा क्लबलाई हराएर जित हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083