परिवर्तनशील शक्तिका विरोधीहरु आत्तिएर सरकारको विरोध गरिरहेको उर्जामन्त्री ‘पुन’को दाबी

5.01K
shares

रोल्पा । ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ले सरकारले अब ऊर्जा, जलश्रोत तथा सिचाई योजनालाई एकै योजनामा लिएर अगाडि बढाउन सकिने बताएका छन् ।

गजल स्मृति युवा क्वल भाबाङ रोल्पाको १० औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री पुनले धेरै समय अस्थिरताको राजनीतिबाट मुक्त भई समृद्धिको दिशामा अधि बढेको उल्लेख गर्दै नेपाली जनतालाई समृद्ध गर्नका लागि समृद्ध नेपाल र शुखी नेपालीको नारालाई सार्थक बनाउँनका लागि सरकार लागेको बताए । मन्त्री पुनले सरकार जनतालाई समृद्ध बनाउन लागेको बताए । उनले सरकारको कामबाट यथास्थितिवादी शक्ति, परिवर्तनशील शक्तिका विरोधीहरु आत्तिएर बामपन्थी सरकारको विरोध गरिरहेको दाबी गरे ।

उनले नेपाललाई ५ वर्षपछि नयाँ गतिमा विकास गर्ने गरी सरकार लागेको बताउँदै यसलाई नीति तथा कार्यक्रम बनाएर अगाडि बढी रहेकोले अब देश समृद्धिको बाटोमा अगाडि बढेको बताए । मन्त्री पुनले नेपालको जलश्रोतबाट विद्युत उत्पादन गरी जनतालाई आत्मनिर्भर बनाउन सकिने बताए । जनताको लगानीमा जलविद्युतलाई मुर्तरुप दिनका लागि सरकार लागि रहेको बताउँदै यसलाई तत्काल अगाडि बढाउनु पर्नेमा जोड दिए ।

उनले रोल्पा जिल्लाको विकास नयाँ गतिमा अगाडि बढेको दावी गर्दै रोल्पाली जनतालाई सुखी बनाउको लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यतामा अगाडि बढ्नुपर्ने धारणा राखे । उनले रोल्पाको मानव विकास, भौतिक पूर्वाधार, जलविद्युत, सडक लगायत सबै विकासको गति नयाँ ढंगले गरिएको दावी गरे ।

प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगरले रोल्पाको विकासका लागि प्रदेश सकार लागि परेको बताए । उनले रोल्पामा अब खेलकुद तथा मेला मात्रै गराउने भन्दा पनि नियमित बचत तथा उत्पादन तिर ध्यान दिनका लागि सबैलाई आग्रह गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083