प्रदेश २ मा करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति

6.92K
shares

जनकपुरधाम । प्रदेश–२ सरकारले ल्याएको सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी विधेयकमाथि छलफलका लागि बसेको प्रदेशसभा बैठक नेकपाको विरोधले अवरुद्ध भएको छ।

प्रदेश सरकारले ल्याएको सावजनिक प्रशासनका कर्मचारी भर्नासम्बन्धी विधेयक–२०७५ माथि छलफल शुरु भएलगतै प्रमुख प्रतिपक्षी नेकपा एमाले विरोध जनाएका छन्।

नेकपाका सांसद सुन्दरबहादुर विश्वकर्माले संरकारले धारा ९७ अनुसार उक्त विधेयक संशोधन गर्नका लागि भनिएपनि बिना संशोधन पुनः ल्याइएको भन्दै आपत्ति जनाएका छन्। उनले धाराको गलत व्याख्या गरेको आरोप लगाए।

सांसद विश्वकर्माले यो विधेयक कानून सम्बत् नरहेको र धारा ९७ सँग मेल नखाएपनि झुक्याएर संशोधन नै नपरेको विषयमा मुख्यन्यायधिवक्ता बनाएको बताए। यसैबीच, नेकपाका सांसदको विरोधपछि सभामुख सरोजकुमार यादवले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, आधा घण्टापछि बैठक पुनः सुरु भएको छ। करारमा कर्मचारी भर्नासम्बन्धी विधेयकमाथि सोमबारको बैठकमा छलफल हुने छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083