निर्मला हत्याकाण्डको विषय उठाउन नसकेकोमा विवेकशील साझाले माग्यो माफी

5.08K
shares

काठमाडौं । विवेकशील साझा पार्टीले निर्मला पन्त हत्याको विषय प्रभावकारी ढंगले उठाउन नसकेकोमा माफी मागेको छ । मंगलबार विज्ञप्ति जारी गरी उक्त पार्टीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग प्रभावकारी ढंगले उठाउन नसकेकोमा क्षमा मागेको हो ।

‘यस विषय तथा यस्ता अन्य विषयहरुलाई विवेकशील साझा पार्टीले अझ प्रभावकारी ढंगले उठाउन नसकेकोमा क्षमायाचना गर्दै आगामी दिनमा हामी स्व। निर्मला पन्त लगायत समस्त पीडितहरुले न्याय नपाएसम्म दृढतापुर्वक पिडितहरुको पक्षमा उभिने प्रतिबद्धता जनाउँछौं’ प्रवक्ता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विवेकशील साझाले उक्त घटनाको अनुसन्धान प्रगतिको बारेमा एक वा दुई हप्तामा नियमित रुपमा सार्वजनिक गराउन पनि माग गरेको छ । ‘अनुसन्धानलाई नकारात्मक असर नपर्ने गरी नियमित रूपमा (हप्ता-दुई हप्तामा) अनुसन्धानको बारेमा सम्बन्धित निकायबाट सार्वजनिक रूपमा आम नागरिकको पहुँच हुने गरी जानकारी गराउन पनि प्रहरीको काममा जनविश्वास जगाउनको लागि अति आवश्यक रहेको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

निर्मलाको शरीरबाट लिइएको नमुना तथा त्यसलाई शंकास्पद व्यक्तिको डीएनए परीक्षणको प्रमाणिकता माथि प्रश्न उठेको भन्दै उसले प्रहरीसँग असम्बन्धित तेस्रो पक्षको प्रयोगशालामा जाँच गराउन पनि माग गरेको छ । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा लापरबाही गरेको भन्दै बर्खास्तीमा परेका प्रहरी अधिकृतहरुलाई प्रमाण नष्ट गरेको अभियोगमा तत्काल मुद्दा दायर गर्न पनि माग गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083