प्रियंकाको बिहेमा होटलको भाडामात्रै ३ करोड !
वि.सं.२०७५ मंसिर १२ बुधवार १५:१०
4.84K
shares
shares

नयाँदिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना विदेशी प्रेमी निक जोनससँग लगनगाँठो कस्ने मिति नजिकिँदो छ । भारतीय मिडियाहरुका ३ डिसेम्बरमा यी दुईबीच बिहे हुने छ । हलिउड गायक तथा अभिनेता निक प्रियंका भन्दा १० वर्ष कान्छा हुन् ।
विवाहका लागि भारतको जोधपुरको उमेद भवन प्यालेस बुक गरिएको छ । जहाँ विहेको तयारी जोडतोडका साथ चलिरहेको छ । एक रिपोर्टअनुसार प्यालेसमा ६४ वटा आसिसान कोठा छन् । एउटा कोठाको एक रातको ४८ हजार भारु रहेको बताइएको छ । प्रियंका र निकले होटलको लागि मात्रै ३ करोड भन्दा बढी खर्च गर्ने जनाइएको छ ।











