पुसको पहिलो हप्ताबाट सुरु हुदैँ संघीय संसदको ‘हिउँदे अधिवेशन’

5.02K
shares

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सुरु हुने जानकारी दिनु भएको हो । बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले नेपाली कांग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो हप्ता अघि संसदको हिउँदे अधिवेशन बोलाउन सकिने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।

संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ । अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कारबाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराउनुभयो । उहाँले समितिको कामलाई प्रभावकारी बनाउन समय–सीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्ने स्पष्ट पार्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083