कांग्रेस जिल्ला सभापतिको भेला जारी
वि.सं.२०७५ मंसिर १३ बिहीवार १२:१५
5.28K
shares
shares

नुवाकोट । नुवाकोटको ककनी कांग्रेस जिल्ला सभापतिहरूको भेला आज पनि जारी छ । विधानमाथिको संशोधनको विषयमा छलफल गरी साझा धारणा बनाउन भन्दै बुधबारदेखि सभापतिहरूको भेला शुरु भएको हो ।
ककनीमा भइरहेको जिल्ला सभापति बैठकको धारण केन्द्रीय समितिमा लगिने छ । पहिलो दिनको बैठकले १७ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले विधानबारे र जिल्ला सभापति बैठकको घोषणापत्र बिहीबार तयार पार्दै छ ।












