विदेशबाट फर्किएका कामदारलाई सीप परीक्षणको अवसर ७ वटै प्रदेशमा फारम संकलन केन्द्र

4.95K
shares

काठमाडौं। वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारको सीप परीक्षण सुरु गरिएको छ। वैदेशिक रोजगारका क्रममा विभिन्न देशमा विभिन्न पेशामा संलग्न भएर फर्र्किएका नेपाली कामदारले हासिल गरेको सीप वा दक्षताको पहिचान गर्दै सीप अनुसारको व्यावसाय नेपालमा नै सञ्चालन गर्न प्रोत्साहन दिने उद्देश्यले सरकारले सीप परीक्षण सुरु गरेको हो।

वैदेशिक रोजगार प्रर्वद्धन वोर्डले प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद्सँगको सहकार्यमा कामदारको निशुल्क सीप परीक्षण गर्न लागेको जनाएको छ। सीप परीक्षणपछि नेपाली कामदारले प्रमाणपत्र पाउने छन्। जसका आधारमा सरकारले कामदारलाई १० लाख रुपैयाँसम्म सहुलियत ऋण दिने व्यावस्था समेत सुरु गरिसकेको छ।

सरकारले सीप परीक्षणका लागि २० वटा कामको सीप परीक्षण गर्ने भएको छ। जसमा विल्डिङ, पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट, व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअरकन्डिसन, जुनियर मेकानिक्स, एक्साभेटर अप्रेटर, केयरगिभर, फर्निचर मेकर, स्टोन लेयर मेशन, डकर्मी, असिस्टेन्ट वेटर, आर्क वेल्डर, टेलरिङ, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्डस्ट्रियल इलेक्ट्रिसियन, कमी तेस्रो र आल्मुनियम फेब्रीकेटर रहेका छन्।

सीप परीक्षण गराउन इच्छुक व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइट WWW.nstb.org.np तथा वैदेशिक रोजगार प्रवद्र्धन वोर्डको वेबसाइट WWW.fepb.gov.np बाट फारम डाउनलोड गर्न सक्ने व्यबस्था गरिएको छ। सम्बन्धित व्यक्तिहरुले तोकिएको फारम केन्द्रमा आगामी पुस ११ गते सम्म वोर्डमा आवेदन आइपुग्ने गरी पेश गर्न वोर्डले अनुरोध गरेको छ। फारम संकलन केन्द्र सरकारले ७ वटै प्रदेशमा व्यबस्था गरेको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083