ओली प्रचण्डलाई बाबुरामको व्यंग, ‘कमाउरेड’हरूले आर्थिक दरिद्रमा फसेर रसातलमै पुराउने भए’

5.95K
shares

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कमाउरेड’ भनी व्यंग्य गरेका छन् ।

एसिया प्यासिफिक समिट–२०१८ का आयोजना र त्यहाँ क्रिश्चियन धर्मको प्रचारको विषयलाई संकेत गर्दै उनले ट्वीटरमार्फत भनेका छन्, ‘त्यसै त विश्व रंगमंचमा गुम्दै गएको नेपालको छवी ‘राष्ट्रवाद’ को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’ हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुराउने भए ।

डा.भट्टराईले जनताले दुई दिन सडक जाम सहे पनि मुलुकको अपमान सहन नसक्ने भन्दै भनेका छन्, ‘आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न १ २ दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है !