समयमा मेलम्चीको पानी ल्याउन नसकेकोमा खानेपानी सचिव ‘ठाकुर’ले मागे माफी

5.54K
shares

काठमाडौं । तोकिएको मितिमा मेलम्चीको पानी काठमाडौं ल्याउन नसकेकोमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले माफी मागेका छन् ।

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा सचिव ठाकुरले विगतमा गरेको प्रतिबद्धता अनुसार आयोजानाको काम हुन नसकेकोमा क्षमायाचना गरेका हुन् ।

उनले भने–भनेको समयमा काठमाडौँमा पानी ल्याउन नसकेकोमा म क्षमा चाहन्छु । अब ठोकुवासाथ लेखेर राख्नुस मेलम्चीको सुरुङ भित्र ६० दिनभित्र पानी हालेरै छोड्छौँ ।  २ महिनामा सम्पूर्ण प्राविधिक काम सक्छौँ र पानी झार्छौ–झार्छौ झार्छौ ।’

सांसददहरुले कर्मचारीले मेलम्चीको पानी काठमाडौँ ल्याउने बिषयमा पटक पटक झुक्क्याएको बताएपछि सचिव ठाकुरले सो दावी गरेका हुन् । सांसद प्रभु साहले पटक पटक झुट बोल्ने सांसदलाई किन कार्वाही नगर्ने भनेर प्रश्न गरेका थिए ।

सचिव ठाकुरले बुटवल नेपालगन्ज खानेपानी आयोजनामा अनुचित काम भएको बताउँदै कसुरदार कर्मचारी जुनसुकै पदको भएपनि कार्वाही गर्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083