प्रधानमन्त्री ‘ओली’ पार्टी भित्रै आलोचित, भीम रावलले भने ‘विद्रोह आउन सक्छ’
वि.सं.२०७५ मंसिर १७ सोमवार १७:०९
shares

काठमाडौं । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेशन)ले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नता भएपछि नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को असन्तुष्टि खडा भएको छ । यसै कारण एकातिर केपी ओली पार्टीमा अल्पमतमा पर्ने संकेत देखा परिसकेको छ भने नेतृत्वबर्गले पनि पार्टीभित्रैबाट सरकारप्रति चर्को आलोचना समेत गर्न थालिसकेका छन् ।
एकातिर देशमा बलात्कार, हत्या, अपराध र अपहरणले देश तहसनहस भइरहेको बेला प्रम केपी शर्मा ओली पत्रिकाका पानाहरुमा आफ्नो कमजोरी ढाक्ने ज्याकेट विज्ञापन प्रकाशित गर्न उद्धत छन् । सरकारले विवादित धार्मिक संस्थाको कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाएको र सहयोगी बनेको भन्दै नेकपाका नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन्। यसको चर्को आलोचना नेताहरुले सामाजिक संजाल र अन्तर्वार्ता मार्फत गरेका छन्।
भीम रावल भन्छन् : छानविन हुनुपर्छ
नेकपाका नेता भीम रावलले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थकोमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। शान्तिका नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नुपर्छ। नेता रावलले जताततैबाट सरकारप्रति प्रहार भइरहेका बेलामा सके राम्रा काम गर्ने नत्र नराम्रा कम नगर्ने हो भन्दै सरकारलाई सचेत गराएका छन्।
उनले आक्रोश पोख्दै भने, ‘ देशभरका पार्टीका नेतालाई उर्दी जारी गरि विवादित कार्यक्रममा बोलाउनु राम्रो भएन।’ उनले अगाडि भने, ‘ यो संस्थाको गतिविधि र हाम्रो राजनीतिक कामलाई प्राथमिकतामा राख्दा यो गलत हो। यसले विश्वलाई गलत सन्देश दिन्छ। गलत संस्थालाई नेपालमा ल्याउनुलाई नै विश्वले राम्ररी हेर्दैन।
ढकालबारे रावलले भने, ‘एकनाथजी हाम्रो पार्टीको हुँदा पनि होइन । चुनावका बेलामा कार्यगत एकता भयो भनियो । कहाँ कहाँ हामीलाई फाइदा पुग्छ भनेर भनेकै थिएँ । नक्सालमा कार्यालय खोलेर कतिलाई अलपत्र पार्यो कतिलाई कोरिया पठायो यसको छानबिन हुनुपर्छ । उनले अगाडि भने, ‘पार्टीले नसुने जनतालाई भन्छु म । यत्रो पैसा खर्च हुँदा त्यो पैसा कहाँबाट आयो त्यसको अनुसन्धान हुनुपर्छ । हाम्रो पार्टीलाई टुक्राउन यो चाल चलिएको हुन सक्छ ।














