सत्तारुढ दलकै सांसदद्धारा निगमका महाप्रबन्धक कंसाकारको राजीनामा माग

4.91K
shares

काठमाडौं । सत्तारुढ दलका सांसदले नै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा माग गरेका छन् ।

वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विशाल भट्टराईले निगमका महाप्रबन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सांसद भट्टराईले कंसाकारले राजीनामा नदिए बर्खास्त गर्न मन्त्री अधिकारी समक्ष आग्रह समेत गरे । सांसद भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दै निगमका महाप्रबन्धक कंशाकारलाई बर्खास्त गनूपर्ने आवाज उठाउँदै आएका थिए ।

भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गर्नुपर्ने पनि माग गरे । ‘आरोप लागेका र महालेखाले नै अनियमितता ठहर गरेका व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’, उनले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083