प्रधानसेनापति थापा सुदूरपश्चिमी क्षेत्रको निरीक्षण भ्रमणमा

6.08K
shares

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले दिपायलस्थित श्री सुदूर पश्चिम पृतना हेड क्वाटरको निरीक्षण गरेका छन्।

बुधबार नै प्रधानसेनापति थापाले धनगढीस्थित श्री नं.५ बाहिनी अड्डा र बोराडाँडीस्थित श्री नं.७ युद्धकवच गुल्मको पनि निरीक्षण भ्रमण गरे।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना, बाहिनी र गुल्मको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका जंगी अड्डाले जनाएको छ। थापाले बिहीबार अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083