खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिन राज्य मन्त्री चौधरीको कडा निर्देशन
वि.सं.२०७५ मंसिर १९ बुधवार १७:१८
shares

काठमाण्डौं । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लाई खाद्य पदार्थ तथा दानामा हुने मिसावट लाई रोक्न अनुगमनलाई निरन्तरता दिन कडा निर्देशन दिएकी छिन । विभागको आ.ब.२०७५\०७६ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी कार्यक्रमलाई उदघाटन गर्दै उक्त मन्त्री चौधरीले उक्त निर्देशन दिएकी हुन् ।
खाद्य स्वच्छता अभियानलाई उत्कर्षमा पुर्याउन अनुगमनलाई निरन्तरता दिन आवश्यक रहेको बताउदै चाड पर्वको बेला अनुगमन तीब्र गतिमा भएकोले केही हद सम्म नियन्त्रण भएता पनि नियमन गर्ने कार्यलाइ गति दिन जरुरी रहेको मन्त्री चौधरीको भनाइ छ।
खाद्य पदार्थमा मिसावट गर्ने व्यक्ति ,कम्पनी वा संस्था जो भए पनि अपराधी भएको र तिनीहरुलाई कानुनको दायरा भित्र ल्याउनु पर्ने उनको भनाइ छ। एक साथ विभाग अन्तरगत रहेका सबै कार्यलय र कर्मचारीलाइ परिचालीत गरि परिणाम निकाल्ने गरि काम गर्न मन्त्री चौधरीले निर्देशन दिएकी छीन ।
कार्यक्रममा कृषि तर्फका सचीव युवकध्वज जिसीको विशेष उपस्थिति रहेको थियो भने बिभागका महानिर्देशक सन्जिव कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।












