उपराष्ट्रपति पुन सार्क स्थापना दिवसमा

4.97K
shares

काठमाडौं । दक्षिण एशियाली सहयोग सङ्गठन सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भए । सार्कका महासचिव अमजद हुसेन बी सियालले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कलाकार, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै महासचिव सियालले बितेका ३३ वर्षमा सार्कले दक्षिण एशियाको सामाजिक–आर्थिक विकासका निम्ति केही प्रगति गरेको भएपनि अझ धेरै गर्न सकिने स्थान रहेको बताउँदै दक्षिण एशियाका जनताको जीवनस्तर उकास्न सामाजिक–आर्थिक उन्नयन अपरिहार्य भएको बताए।

उनले मानव संशाधन, प्राकृतिक स्रोतलगायत स्रोत र साधनले भरिपूर्ण दक्षिण एशियालाई समृद्धिको मार्गमा अग्रसर बनाउन सार्क सधैँ सक्रिय रहेको बताए। त्यस अवसरमा आठवटै सदस्य देशका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083