समृद्धिको क्यान्सर ‘भ्रष्टाचार’ : मन्त्री भण्डारी
वि.सं.२०७५ मंसिर २४ सोमवार १४:०२
5.16K
shares
shares

वीरेन्द्रनगर । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समाजलाई भ्रष्टाचार विरुद्धको संस्कृतिको रुपमा विकास गरेमा भ्रष्टाचार अन्त्य हुने बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘भ्रष्टाचार समृद्धिको क्यान्सरको रुपमा देखिएको छ, देश शिथिल भएको छ।
यसप्रति समाजको हेर्ने दृष्टिकोण गलत भएकाले पनि भ्रष्टाचार मौलाएको छ ।” यस्तो प्रवृत्तिलाई हटाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो। पैसाको लेनदेन मात्र नभई सेवा प्रवाह नदिनु पनि भ्रष्टाचार भएको भन्दै सेवालाई प्रभावकारी बनाउनुपर्नेमो उनले जोड दिए ।


















