सरकारले कुटनीतिक मर्यादा विपरित काम गरेको नेता सिंहको आरोप

5.14K
shares

मन्थली। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले आफ्नो कुटनीतिक मर्यादा बिर्सिएर अनावश्यक विवादमा तानिएको टिप्पणी गरेका छन्। मंगलबार प्रेस युनियन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले विवादस्पद संस्थाको कार्यक्रममा सरकारकै आयोजना जस्तो गरी प्रस्तुत हुनु मुुलुकका लागि लज्जाको विषय भएको टिप्पणी गरेका हुन्।

सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नुपर्ने काम नगरी विवादस्पद संस्थाको पछि लाग्नु दुखद भएको नेता सिंहले बताए। मुलुक संचालनमा दुई तिहाइको धाक दिने सरकार जनताको सुरक्षा गर्न चुकेको आरोप लगाउँदै नेता सिंहले विकास बजेट खर्च गर्न नसकेको, संघीयता कार्यान्वयन गर्न आवश्यक ऐन कानुन निर्माण गर्न नसकेको, सरकार समग्रमा असफल भएपछि पार्टीभित्रैबाट आलोचना सुरु भएको आरोप लगाए।

फरक प्रसंगमा नेता सिंहले कांग्रेस नेतृत्व पनि समयको माग अनुसार चल्न नसकेको गुनासो गरे। उनले कांग्रेसभित्र सुधारकालागि आफूहरुले आवाज उठाइरहेको र समय सापेक्ष रुपमा पार्टी संचालन गर्न महासमिति बैठक बस्न लागेको बताए।

उनले सरकार असफल हुँदासमेत पार्टीकातर्फबाट आवश्यक प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेतृत्वको आलोचना गरे। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, रामेछाप जिल्ला सभापति लवश्रि न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083