अर्थ र कृषि समितिको बैठक स्थगित

4.58K
shares

काठमाडौं । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको अर्थ र कृषि समितिको संयुक्त बैठक सवा १२ बजेपछि स्थगित भएको छ । बैठक कोरम नपुगेपछी स्थगित भएको हो । बैठक बस्न नसकेपछि समितिबाट बाहिरिने क्रममा डाक्टर बाबुराम भट्टराईले ‘साथीहरू आउँदै हुनुहुन्छ होला पर्खिरहेका छौ’ भन्ने प्रतिक्रिया दिए ।

अहिले पुँजीबजारमा देखिएका समस्या र सुधारका लागि चाल्नुपर्ने कदमका विषयमा अर्थ समितिको बैठक सुरु भएको छ । यो बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । यो बैठक सकिएपछि संयुक्त बैठक बस्ने बताइएको छ ।