हिरो बन्न खोजेका डा.बाबुरामलाई उनै प्रधानमन्त्री हुँदाको पोल खोलेर पूर्वएआइजीले बनाईदिए जिरो

6.71K
shares

काठमाडौं । तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको ठाडो निर्देशनमा एकै परिवारका आमाबाबु र छोरा २५ दिनसम्म थुनामा परेको पूर्वएआइजी देवेन्द्र सुवेदीले खुलासा गरेका छन् ।  ‘प्रमाण होइन, बयान खोज्दै प्रहरी’ शिर्षकको समाचार आफ्नो ट्विटरमा पोस्ट गरेका थिए ।

‘निर्मला प्रकरणमा यो २\३ सरकार र संसारमा ‘बहादुर’कहलिएको सुरक्षा संयन्त्रको जगहसाइँ देख्दा देश हेर्दाहेर्दै असफल राज्य हुने खतरा पो देखियो !’ भट्टराईले ट्विटमार्फत भनेका थिए,‘हामीसँग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो ? केही लाज बाँकी भए बोलौँ !

Baburam Bhattarai @brb1954
निर्मला प्रकरणमा यो२/३सरकार र संसारमा ‘बहादुर’कहलिएको सुरक्षा संयन्त्रको जगहँसाइ देख्दा देश हेर्दाहेर्दै failed stateहुने खतरा पो देखियो!हामीसंग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो?केही लाज बाँकी भए बोलौं!

devendra subedi@devendrasubedip
अनाम नगरको यौटा अात्म हत्या घटनामा प्रहरी अनुसँधानकर्ताहरुको तथ्यपरक अनुसँधानलाई ठाडै नकारेर तपाईँले जारी गरेको प्रधानमँत्रिय दबाबमा एउटै परिवारका निर्दोष बाबू अामा र SLC दिदैँ गरेको किशोर छोरा प्रहरी अभियुक्तको रुपमा
हनुमानढोकामा २५ दिन थुनिदाँको प्रसँग के गर्ने नि ?

सो ट्विटमा जवाफ फर्काउँदै सुवेदीले भनेका छन्,‘अनामनगरको एउटा आत्महत्या घटनामा प्रहरी अनुसन्धानकर्ताहरुको तथ्यपरक अनुसन्धानलाई ठाडै नकारेर तपाईँले जारी गरेको प्रधानमन्त्रीय दबाबमा एउटै परिवारका निर्दोष बाबु आमा र एसएलसी दिँदै गरेको किशोर छोरा प्रहरी अभियुक्तको रुपमा हनुमानढोकामा २५ दिन थुनिँदाको प्रशंग के गर्ने नि ?’ सुवेदीले पुनः भनेका छन्,‘प्रभु साह सम्लग्न घटनाको अनुसन्धान प्रकरणको अन्तरकथा पनि प्रहरीको संस्थागत स्मरणमा नहोला निष्ठावान व्यावसायीक प्रहरीहरुको स्मरणमा तरोताजा छ महामहिम ।

घटना के थियो ?

०६९ सालमा ३१ वर्षीया सरस्वती सुवेदी मृत अवस्थामा फेला परिन् । कृष्ण प्रसाईँको पाँच तले घरको माथिल्लो तलामा उनी झुण्डिएको अवस्थामा फेला परिन् । उनी सोही घरमा काम गर्थिन् । जतिबेला बाबुराम भट्टराई प्रधानमन्त्री र कुवेरसिंह राना नेपाल प्रहरीका आइजीपी थिए । जतिबेला मृतकको शव परिवारले बुझ्न अस्वीकार मात्रै गरेनन् शव दोहा¥याएर पोस्टमार्टम पनि गरिएको थियो ।

दुवै पटक पोस्टमार्टम गर्दा उनी झुण्डिएर आत्महत्या गरेको देखिएको थियो । सोही घटनामा भट्टराईले आइजीपीलाई ठाडो निर्देशन दिएर एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको आरोप पूर्वएआइजी सुवेदीले लगाएका छन् । त्यसबेला उनी नेपाल प्रहरीको अनुसन्धान विभागमा कार्यरत थिए ।