बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी
वि.सं.२०७५ पुस ४ बुधवार १०:२५
4.49K
shares
shares

काठमाडौं । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड रुपैयाँ राजश्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले कम्पनीमार्फत २ अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर एकरुपैयाँ पनि कर तिरेका थिएनन् ।






























