सुनुवाइकैबीच इजलास बहिष्कार किन ?

4.59K
shares

काठमाडौँ । संसदीय सुनुवाइको प्रक्रियामा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नौ वटा उजुरी दर्ता भएका छन् । ती उजुरीमध्ये चारवटा विषय सैद्धान्तिक रूपमा एकै प्रकृतिका छन् । अन्य पाँचवटा उजुरीहरू भने न्यायिक काम कारबाही र वैयक्तिक आचरणमाथि प्रश्न गरिएका छन् । सबैभन्दा धेरै उजुरी तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरहदको विवादपछि गरिएको इजलास बहिष्कारलाई बनाइएको छ ।

त्यस्तै, कान्तिपुर पव्लिकेशन विपक्षी रहेको अदालतको अपहेलना मुद्दामा न्यायिक प्रक्रिया नै अवरोध गरेको भन्नै विषयमा पनि एकभन्दा बढी व्यक्तिका उजुरी छन् । यस्तै, नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको नाममा दाइजो कायम गरेको विषयमा पनि एकभन्दा बढी व्यक्तिका उजुरी छन् । पर्सामा पोखरी समेत रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरेको विषयमा पाँच जनाको उजुरी छ ।

संसदीय सुनुवाइ समितिले जबराविरुद्ध परेका उजुरी बिहीबार सार्वजनिक गरेको छ । समितिले शुक्रबार उजुरीकर्तालाई छलफलका लागि समेत बोलाएको छ । उजुरीकर्तासँगको छलफल शुक्रबार नै सम्पन्न भएमा आइतबार प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ गर्ने तयारी समितिको छ ।

जबरामाथि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको दाइजो विवादको मुद्दामा बदनियत गरेको आरोप लगाइएको छ । यस्तै, सोही प्रकरणमा सर्वोच्चले पुनरावलोकन समेत गरिसकेको मुद्दामा जबरा अदालतको नेतृत्वमा पुग्न लाग्दा पुनः संवैधानिक इजलासमा रिटमार्फत सुनुवाइको प्रपञ्च गरिएको आरोप पनि जबरामाथि एक उजुरीकर्ताले लगाएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083