प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति विप्लवको आपत्ति

4.39K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहले आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएको छ । यसअघि खारेज गरिसकेको उदयपुर र संखुवासभाको मुद्धालाई पुनः ब्यूँत्याएकोप्रति आपत्ति जनाउदै ‘विप्लव’ समूहले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारले गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ति जारी गर्दै सरकारले वार्ताको हल्ला फिँजाएर पार्टीमाथि दमन गर्ने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

‘एकातिर वार्ताको हल्लामात्र फिँजाउने तर अर्कोतिर आधिकारीक पत्र नै नपठाई हाम्रो पार्टीमाथि दमन गर्ने प्रपञ्च ओली(प्रचण्ड सरकारले गरिरहेको यी हर्कतले पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुको यो हर्कतको हामी घोर भत्र्सना गर्दछौं । यसबाट सरकारले भन्दै आएको मानव अधिकार र सामाजिक सुरक्षाको खिल्ली उडेको विप्लवको आरोप छ ।

‘सरकारले मंहँगी भ्रष्टचार र सामाजिक असुरक्षालाई बढावा दिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मानवअधिकारवादी, नागरिक समाज र लोकतन्त्रवादीलाई यो जनविरोधि हर्कतको अटेर विरोध गर्न आह्वान गर्दछौं ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083