मलेसियाबाट फर्किएकाको राष्ट्रिय भेला हुँदै

4.68K
shares

काठमाडौं। ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ । नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको पत्रकार सम्मलेनमार्फत शनिबार समाजका रामचन्द्र नेपालले जानकारी दिएका हुन्।

“मलेसियामा कति नेपाली कामदार गए र अहिले नेपाल फर्किएपछि उनीहरु के गरिरहेका छन् भन्नेबारे कसैलाई पनि थाहा छैन”, नेपालले भने। तत्काल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा योजनामा जोड्नु भेलाको प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए।

भेलाले विदेशमा सिकेका सीपलाई नेपालमा सदुपयोग गर्ने र गराउने, नेपालमा फर्किएर विभिन्न व्यवसायमा लागिसकेकाको अनुभव आदानप्रदान गर्ने, मलेसियामा रहेकाका परिवारलाई वित्तीय साक्षरता अभिवृद्धि र कमाएको धनको सही सदुपयोग गरी राष्ट्रनिर्माणमा सहयोग गर्ने, मलेसियाबाट फर्किएका युवाका लागि सामूहिक लगानीका सम्भावनाको खोजी गर्ने उद्देश्य राखेको छ।

त्यस्तै वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न सङ्घ सङस्था, प्रदेश र स्थानीय सरकारलाई नीति तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने उद्देश्य भेलाले राखेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083