देउवाले भने – ‘ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भइसक्यो’

4.51K
shares

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छोटो बोल्छन्, तर समाचार हुने गरी बोल्छन् । अन्तरक्रियामा केही स्तम्भकारहरुले चुनावअघि आइजीपी प्रकरण र सुशीला कार्कीमाथिको महाअभियोगका कारण कांग्रेसको जनमत खस्किएको टिप्पणी गरेका थिए । करिब ३ घण्टासम्म अरुका कुरा सुनिसकेपछि देउवाले भने– ‘एउटा म के स्पष्ट गर्न चाहन्छु भने आइजीपी सरकारले बनाउँछ ।

‘निर्मलाको हत्या उखुबारीमा भएको हैन’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा पनि कांग्रेस सभापति देउवाले बोल्दै आएका छन् । बुधबार संसदको हिउँदे अधिवेशनमा पनि उनले यो विषय उठाएका थिए । आइतबार पनि उनले यो विषयलाई नेपाली कांग्रेसले उठाउन नछाड्ने बताए । घटनास्थलको प्रकृति हेर्दा निर्मला पन्तको हत्या उखुबारीमा हुन नसक्ने देउवाले तर्क गरे । उनले भने, ‘अन्तै मारेर त्यहाँ ल्याएर फालिएको हुनुपर्छ ।

त्यसैगरी उनका कपडाहरु धोएर प्रमाण नष्ट गरिएको उनले जिकिर गरे । र, यो घटनाले नेपालको शीर विदेशीका सामु पनि झुकाएको भन्दै देउवाले बलात्कारी जुनसुकै पार्टीको भए पनि कारवाही हुनुपर्ने बताए । साथै यो विषय नेपाली कांग्रेसको मुद्दा नभएर सिंगै देशको मुद्दा भएको उनले बताए । ‘निर्मला पन्तको विषय कांग्रेसको मात्रै होइन । बलात्कारी भनेको कांग्रेस होस्, कि कम्युनिष्ट होस् कि पुलिस होस् कि त्यो अपराधी नै हो,’ देउवाले भने, ‘निर्मला पन्त कांग्रेस पार्टीमा थिइनन्, उनी १२\१३ वर्षकी बच्ची हुन् ।

‘कांग्रेसलाई धन्यवाद दिनोस्’

सभापति देउवाले महासमिति बैठकबाट नेपाली कांग्रेस पार्टीलाई समावेशी बनाइएको दाबी गर्दै भने, ‘यसमा धन्यवाद दिनोस् न । पार्टीले यत्रो ठूलो फड्को मारेको छ, बधाइ दिनुपर्ने हो । कतिपयले बाहिर बाहिर जति समावेशीको कुरा गरे पनि भित्रैबाट कोही पनि समावेशी बनाउन चाहँदैनन् भन्दै देउवाले थपे, ‘हामीले समावेशी बनाएका छौं ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेपाली कांग्रेसले आफ्नो एजेण्डा छाडेको र गोविन्द केसीको पछि लागेको आरोपसमेत लगाएका थिए । जवाफमा देउवाले माइतीघरको कार्यक्रममा कांग्रेस गोविन्द केसीसँग मिसिएको नभएर पुलिसको हस्तक्षेप हुँदा त्यस्तो देखिएको तर्क गरे । देउवाले भने, ‘अर्काको जुलुसमा जाने गरी कांग्रेस पार्टी सिद्धिएको छैन । पार्टी त्यहाँ गएको छैन । गगन थापा व्यक्तिगतरुपमा सहभागी भएका हुन् । झण्डा लिएर गएका होइनन् । पार्टी सहभागी भएको होइन ।

केपी ओली सरकारविरुद्ध कांग्रेसले सडकमा बन्द हडताल गर्न सक्ने भएता पनि जनतालाई दुःख दिने गरी पार्टीले बन्द गर्न नचाहेको देउवाले बताए । चुनावमा नेपाली कांग्रेसले हारे पनि समानुपातिकतर्फ एमालेसँग एक प्रतिशतमात्रै मतान्तर रहेको देउवाले बताए । आफूहरुको चिन्ता चुनावको परिणाममा भन्दा पनि ‘डेमोक्रेटिक सिस्टम’ बस्छ कि बस्दैन भन्नेमा रहेको उनले बताए । कांग्रेस सभापति देउवाले केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भइसकेको आरोप लगाए । उनले भने, ‘कहाँ छ राष्ट्रवाद ? लम्पसारवादमा गइसक्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083