बलिउड कलाकार कादर खानको निधन
वि.सं.२०७५ पुस १७ मंगलवार १२:२५
5.88K
shares
shares

एजेन्सी । बलिउड कलाकार कादर खानको निधन भएको छ। क्यानडामा उपचार भइरहेका खानको आज बिहान निधन भएको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ८१ वर्षीय कादर खानलाई श्वास लिन समस्या भएपछि बाइपाइप भेन्टिलेटरमा राखिएको थियो।
आइतबार राति सामाजिक संजालमा कादर खानको निधन भएको अफवाह फैलिएको थियो। तर उनका छोरा सरफराजले उक्त समाचारको खण्डन गरेका थिए। त्यसको तीन दिनपछि आज मंगलबार भने उनी यो संसार छोडेर अल बिदा भएका हुन्। उनको निधनका कारण बलिउड क्षेत्र शोकमा डुबेको छ।































