‘कर्मचारी र मिडिया मिलेर सांसदलाई पासो थापेका छन्’ : गजेन्द्र महत

5.62K
shares

काठमाडौं । प्रतिनिधिसभाका एक सांसदले कर्मचारी र सञ्चारमाध्यम मिलेर सांसदविरुद्ध पासो थापिएको गुनासो गरेका छन् ।

मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद गजेन्द्र महतले कर्मचारी र सञ्चार माध्यम मिलेर थापेको पासोमा केही सांसदलाई पारेर ठूलो हंगामा मच्चाइएको दावी गरे । ‘कर्मचारीहरुले मिडियालाई सबै सूचना दिन्छन्, मिडियाले योजनावद्ध ढंगले गरिमामय संसदमाथि प्रहार गर्ने गरिएको छ’ उनले भने ‘यहाँ कर्मचारी र मिडिया लागेर पासो थापिन्छ, त्यो पासोमा एक दुई जना माननीय पर्छन् त्यो माननीय परिसकेपछि ठूलो हंगामा गराइन्छ ।’

संसदबारे सञ्चार माध्यममार्फत ठूलो भ्रम छरिएको पनि उनले गुनासो गरे । ‘केही समययता गरिमायम संसद र यसका सदस्यमाथि योजनावद्ध ढंगले प्रहार गरिएको छ, सभामुखदेखि सांसदले पीएको तलब आफै खान्छन् भनेर प्रचार गरिन्छ, नक्कली बिरामी विल बनाएर विरामीको पैसा लिन्छन् भनिन्छ, घरभाडाको विषयलाई पनि ठूलो बनाइयो’ सांसद महतले भने ‘माननीय मन्त्रीलाई अनपढ गवारको बिल्ला भिराइन्छ ।’

गत वजेट अधिवेशनमा आफूले केही जिल्लाको कुरा राख्दा रोएको भनी टिप्पणी भएको भन्दै उनले गुनासो गरे । स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्दा सांसदलाई पैसा कमायो भन्ने आरोप लागेको पनि उनले गुनासो गरे । उनले मन्त्री, कर्मचारी र सञ्चार माध्यमसँग भएको पैसाको छानबिन गर्न आयोग बनाउनुपर्ने मागसमेत गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083