चौधरीको सपथ ३ बजेलाई स¥यो, सपथपछि फेरि जेलमै लैजाने

4.2K
shares

काठमाडौं । कैलाली क्षेत्र नं.१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता रेशम चौधरीले आज ३ बजे सपथग्रहण गराइने भएको छ । यस अघि ११ः३० मा सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका थिए ।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चौधरीले आज सपथग्रहण गराइन लागेको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

सपथ लिए पनि चौधरी संसद भवन भने जान पाउने छैनन् । स्रोतका अनुसार सांसद पदको सपथ खुवाइसकेपछि चौधरीलाई पुनः जेलमै लैजाने जनाएको छ । टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083