केपी कमरेड ! रेशम चौधरी लाई सपथ खुवाउदा बालकको सम्झनाले पोल्दैन ?

5.24K
shares

काठमाडौं । कैलाली क्षेत्र नम्बर – १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संसदमा गणितीय बल थप्ने नाममा कानुनको खिल्ली उडाएको कांग्रेसले आरोप लगाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै चौधरीलाई शपथ गराउने सरकारको तयारी नैतिक र राजनीतिक कोणबाट गलत भएको भन्दै टिप्पणी गरेका हुन्।

अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ ग्रहण गराउने सरकारको तयारीले कानुनी राज्यकै खिल्ली उडाउन खोजेको आरोप लगाएका छन्। प्रवक्ता शर्माले कैलाली घटनाका क्रममा ओलीले प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन् भनेको भनाइ उल्लेख गर्दै उनले घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपाने, दूधे बालक, प्रहरी जवानहरू र आफ्नै शब्दले पोल्दैन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्।

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएपछि रेशम चौधरी ।

कैलाली घटनाका मुख्य अभियुक्तको आरोपमा कारागारमा रहेका चौधरीले आज डिल्लीबजार कारागारबाट प्रहरीको भ्यानले संसद सचिवालय लगेर शपथ दिलाएको थियो । सपथ खाएर कोटमा सांसदको लोगो लगाएका रेशम चौधरीलाइ प्रहरीले फेरी डिल्लीबजार कारगारमा नै ल्याएको छ । यसैबीचमा हामीले रेशम चौधरीकी श्रीमती रन्जिता चौधरीसँग यस विषयमा कुरा गरेका छौं ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083