जहाँ ३ कक्षा पास गरे दिइन्छ वार्षिक ३६ हजार भत्ता

6.6K
shares

पर्वत । कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक विद्यालयको कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालिएको छ । प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गतवर्षदेखि प्रतिविद्यार्थी वार्षिक ३६ हजार ४ सय रुपैयाँ भत्ता दिन थालिएको हो । गत वर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083