संसदलाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

5.1K
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो। प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्री सम्बोधन गर्ने तय भएको अधिकारीको भनाइ छ। त्यस्तै आजको कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनासक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सहायक प्रबक्ता केशव अर्याललले जानकारी दिए।

यस्तै कानुन, न्याय तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकालले प्रशासकिय अदालत विधेयक २०५ लाई दफावार छलफलका लागि सम्बन्ति समितीमा पठाइयोस भनि प्रस्ताव प्रस्तुत गर्नेछन् भने भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कायुसूची रहेको संसद सचिवालयले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083