संसद बैठकमा काँग्रेस सांसदको नाराबाजी, रोस्टम घेराउ
वि.सं.२०७५ पुस २२ आइतवार १४:३७
7.7K
shares
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्न माग पाउनुपर्ने माग गर्दै नेपाली काँग्रेसका सांसदहरुले संघीय संसदको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै काँग्रेस सांसदहरुले प्रश्नोत्तरको माग गर्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले सिमित सांसदलाई प्रश्नोत्तरको समय दिएका थिए ।
तर, काँग्रेस सांसदहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि सभामुख कृष्णबहादुर महराले शुन्य र विशेष समय रद्द गर्ने निर्णय गरेका थिए । लगत्तै काँग्रेस सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । बैठक हाललाई १५ मिनेटका लागि स्थगित भएको छ ।
































