मैले संसदमा दिएको अभिव्यक्ति,’न्युरोडमा राखेको सुगाले जसरी बोलेको होइन’ : प्रधानमन्त्री

4.78K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदमा दिएको अभिव्यक्ति तथ्यमा आधारित भएको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले आइतवार प्रतिनिधि सभाको बैठकमा चालू आर्थिक वर्षको पाँच महिनाको आर्थिक सूचक सकारात्मक रूपमा अघि बढेको दाबी गरेका थिए।

सोमवार नेपाल चेम्बर अफ कमर्सको ६८ ‍औं साधरणसभामा प्रधानमन्त्रीले भने, ‘मैले हिजो संसदमा बोलेको कुरा तथ्यमा आधारित छ। न्युरोडमा पिँजडामा राखेको सुगाले खाम निकालेर दिए जसरी बोलेको होइन। तथ्यमा आधारित छ।’ प्रधानमन्त्री ओलीले आइतवार संसदमा मूल्यवृद्धि दर ३.७ प्रतिशतमात्र रहेको भनेर संसदमा भाषण गरेका थिए।

उक्त अभिव्यक्ति गलत भएको भन्दै उनको सञ्चार माध्यममा आलोचना गरिएको थियो । तर मूल्यवृद्धिको हिसाबकिताब राख्ने राष्ट्र बैंकको तथ्याङ्कमा ४।२ प्रतिशतले भाउ बढेको उल्लेख छ। प्रधानमन्त्री ओलीले भने, ‘जति विद्युत् निकाल्यौ त्यही भनेका हो। जति स्कुल बनाएका थियौ त्यही भनेका हो। हामीले हचुवाको भरमा कसैलाई हेरेर भनेका होइनौ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083