‘वाइडबडी प्रकरण ढाकछोप गर्न सरकारले आयोग बनायो’ : पौडेल

4.77K
shares

नवलपरासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइडवडी विमान खरिदमा भएको अनियमितता छानिवनका लागि नभई ढाकछोप गर्न आयोग बनाएको दाबी गरेका छन् ।

नवलपरासीको हुप्सेकोट गाउँपालिकामा समाजवाद अध्ययन केन्द्र भक्तपुरले आयोजना गरेको ह्वीलचेयर वितरण कार्यक्रममा उनले भ्रष्टाचारको छानविनका लागि संसदले छानविन गरिरहेको अवस्थामा फेरि संसदलाई चुनौति दिँदै अर्को आयोग बनाउनु भ्रष्टाचार ढाकछोप गर्नु भन्दा अरू केही नहुने बताए ।

नेता पौडेलले सरकार संसदको अधिकारमाथि धावा बोल्न लागेको भन्दै आपत्ति जनाए । सरकार सुशासन, विकास र सुरक्षा दिन असफल भएको टिप्पणी गर्दै उनले मुलुकको विकासका लािग कांग्रेसको विकल्प नभएको जिकिर गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083