नेकपा (क्रान्तिकारी माओवादी)ले रत्नपार्कको शान्तिबाटिकामा प्रदर्शन गर्ने

5.47K
shares

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गर्ने भएको छ । नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कालो मोसो दलको अभियोगमा प्रहरीले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)ले प्रदर्शन गर्न लागेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी)ले ३ नं प्रदेशको आयोजनामा रत्नपार्कको शान्तिबाटिकामा प्रदर्शन गर्न लागिएको जानकारी दिए । पुस २२ गते पार्टीका काठमाडौं जिल्ला कमिटी सदस्य सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083