नेपाली कामदार जापान पठाउने प्रक्रियामा बिचौलिया नराखिने
वि.सं.२०७५ पुस २४ मंगलवार १०:५४
5.76K
shares
shares

काठमाडौं । जापान सरकारले आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने आवश्यक तयारी तीब्र पारेको छ । तयारीकै क्रममा नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेट वार्ता गरेका छन् ।
भेटका क्रममा राजदूत साइगोले कामदार लैजाने विषयमा आवश्यक विधि र प्रक्रियाको काम अघि बढिरहेको बताए । सो क्रममा मन्त्री विष्टले नेपाली युवा जापान जाँदा ठगी हुन बाट बचाउन कुनै पनि बिचौलिया राख्न नहुने विषयमा धारणा राखेको छ ।




























