प्रहरीको दाबी : बम्जनको आश्रमबाट हत्याको प्रमाण भेटियो

5.98K
shares

काठमाडौं । ‘तपस्वी’रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्यासम्बन्धी प्रमाण फेला परेको प्रहरीले दाबी गरको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो ।

फरेन्सिक विज्ञसहित काठमाडौंबाट पुगेको सीआइबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायीको हत्यासम्बन्धी केही प्रमाण फेला पारेको हो । आश्रममै रहेका प्रत्यक्षदर्शीले नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्यापछि नुन हालेर खाडलमा पुरेको जानकारी दिएका थिए ।

ती अनुयायीको जानकारीपछि सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा निवेदन दिएका थिए। सञ्चलाल पछिल्लो पटक २०७१ चैत १५ परिवारको सम्पर्कमा थिएका थिए । ती अनुयायीले दिएको जानकारीअनुसार सीआईबीसहितको टोलीले सञ्चलालको हत्या भएको भनिएको आश्रमको सम्भावित स्थान उत्खनन गरेको हो । अनुयायीका अनुसार खाडल उत्खनन क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । तर, खाडलबाट शवको कुनै अवशेष भने प्रहरीले फेला पार्न सकेन ।

शव निकालेर जलाइएको हुन सक्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘शवको अवशेष नभेटिए पनि प्रत्यक्षदर्शीले दिएको बयानका आधारमा यस घटनाका प्रारम्भिक सबुत मिलेका छन् । तर अनुसन्धान प्रभावित हुने भन्दै संकलित प्रमाणबारे प्रहरीले मुख खोल्न मानेको छैन । हामी अनुसन्धानमै छौं’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनीले भने, घटनासँग सम्बन्धित केही सबुत बरामद भएका छन् । यसलाई टुंगोमा नपुर्‍याएसम्म बोल्नु हतार हुन्छ ।

सीआईबीबाट गएको फरेन्सिक विशेषज्ञसहितको टोलीले आश्रमभित्र बरामद कोइला, ‘सञ्चलालको शव गाडिएको’ सम्भावित खाडलको माटो र नुनको पोकाको खोल अनुसन्धानका लागि काठमाडौं ल्याएको छ । प्रहरीले आश्रमका १४ जनासँग सोधपुछ गरेको थियो । तीमध्ये सात जना सञ्चलालको हत्याका बेला आश्रमभित्रै रहेको अनुसन्धानबाट खुलेको छ ।

बम्जनका अनुयायीमध्ये नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएका थिए। प्रत्यक्षदर्शी आनीहरूले उनको हत्यापछि त्यहीँ गाडिएको बताएका थिए । प्रहरीका अनुसार बम्जनका अर्का अनुयायी सुरेश आले पनि यहीँबाट हराएका थिए। आनीद्वय डोल्मो र चुन्मा पनि यहीँबाट बेपत्ता भएको उजुरी उनीहरूका आफन्तले दिएका छन्। बम्जनले अनुयायीलाई यातना दिन लगाउँदा वाइबाको ज्यान गएको बताइएको छ ।

बारा रतनपुरी–५ का बम्जन तेह्र वर्षअघि १४ वर्षको उमेरमा बेपत्ता भएका थिए । त्यसयता तपस्वीका रूपमा आफूलाई चिनाउन सिन्धुपाल्चोक, मकवानपुर, बारा र सिन्धुलीमा आश्रम बनाइसकेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083