छाया सरकार बनाउँदै कांग्रेस, मन्त्री बन्न इच्छुक सांसदलाई आजैबाट नाम दर्ता गर्न केन्द्रको आह्वान

5.16K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने भएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्ने तयारी भइरहेको बैठकपछि खाणले जानकारी दिए। मन्त्री बन्न इच्छुकले आजैबाट नाम दर्ता गर्न सकिने गरी सूचना जारी गर्नेसमेत उनले बताएका छन्। छाया सरकारका मन्त्रीहरुले सरकारको कामको निगरानी राख्ने उनले बताए।

त्यसैगरी संसदीय दलको बैठकबाट विधेयकको बारेमा छलफल गर्न पार्टीको विज्ञ समूह गठन गर्ने निर्णयसमेत भएको छ। भोलिको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सभामुखसमक्ष प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएकोबारे प्रश्न गर्ने निर्णय गरेको खाणले बताए। उनले भने, ‘सभामुखलाई प्रश्न सोध्छौ, प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्छ भनेर। हाम्रो पार्टी संसदीय अभ्यासप्रति पूर्ण समर्थन छ। सभामुख साझा व्यक्तित्व हो। उहाँले यसको गरिमालाई जोगाउनुपर्छ।’

नियमावली २१९ को २ बमोजिम अबका संसदमा सभामुख कृष्णबहादुर महरा जिम्मेवार रुपमा प्रस्तुत हुनेमा कांग्रेस विश्वस्त रहेको उनको भनाई थियो। ‘सदन भनेको संसद, सभामुख र सरकार हो। एकोहोरो सरकारमात्र हैन, सरकारसँग संवाद गराउने वातावरण सभामुखले बनाउनुपर्छ,’ खाणले भने।


divya collage
unigloble collage