राष्ट्रपतिको हेलिकप्टर विमानस्थलमै अलपत्र

5.63K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।नेपाली सेनाका चालक ९पाइलट०बाट २ पटकसम्म टेस्ट फ्लाइट भइसकेको चालक दलका सदस्य बाहेक १४ सीट क्षमताको इटालियन अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९ हेलिकप्टर मंसिर पहिलो साता नै काठमाडौं ल्याइएको थियो ।

तर नेपाली सेनाको सम्भार रथी विभागले हेलिकप्टर बाहेक त्यसको स्पेयर्स पार्टस् विना हस्तान्तरण प्रक्रिया अघि नबढाउन हवाई महानिर्देशनालयलाई निर्देशन दिएपछि उक्त हेलिकप्टर विमानस्थलमा अलपत्र परेको हो ।म्भार रथी विभागले हवाई महानिर्देशनालयलाई पत्र नै लेखेर खरिद सम्झौता अनुसार सबै उपकरण नआइकन हेलिकप्ट स्वीकार नगर्न निर्देशन दिएको हो ।

“डेढ महिना अघि नै हेलिकप्ट काठमाडौं आइसकेको हो, २ पटक सम्म टेस्ट फ्लाइट पनि भइसकेको छ,” सैनिक स्रोतले भन्यो, “तर हेलिकप्टरका स्पेयर्स पार्टस् नआएपछि हामीले स्वीकार गरिसकेका छैनौं ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083