दिल्ली पुगे परराष्ट्रमन्त्री ज्ञवाली, यस्तो छ आजको कार्यक्रम
वि.सं.२०७५ पुस २६ बिहीवार १३:१६
6.67K
shares
shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारतको नयाँदिल्ली पुगेका छन् । राइसिना डायलगको चौथो संस्करणमा भाग लिन उनी बिहीबार विहान दिल्ली पुगेका हुन् ।
मंगलबारदेखि जारी राइसिना डायलगमा उनले बिहीबार अपराह्न बोल्ने कार्यक्रम रहेको छ । यस्तै मन्त्री ज्ञवालीले बिहीबार नै उच्चअधिकारीहरुसँग पनि भेट्ने कार्यक्रम रहेको छ । उनले दिउँसो भारतीय विदेश मन्त्री सुश्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेट्ने कार्यक्रम रहेको छ ।
केपी शर्मा आली नेतृत्वको सरकार गठन भए यता दिल्लीमा पहिलोपटक हुन लागेको विदेश मन्त्रीस्तरीय बैठकमा पनि मन्त्री ज्ञवाली सहभागी हुने कार्यक्रम रहेको छ ।

















