रियल मड्रिडद्वारा लेगानेस ३-० ले पराजित

4.38K
shares

काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा लेगानेसलाई पराजित गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको कोपा डेल रे फुटबलको पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा सर्जियो रामोस, लुकास भाजक्वएज र भिनिसियस जुनियरले गोल गरे ।

खेलको ४४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ६८औं मिनेटमा भाजक्वएजले गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३-० गोलको जित दिलाएका हुन् ।

त्यस्तै, कोपा डेल रे फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा गेटाफेले रियल भलाडोलिडलाई १-० गोलअन्तरले पराजित गर्दा भिल्लारियल र स्पानियोल २-२ गोल तथा अर्को खेलमा गिरोना र एट्लेटिको मड्रिड १-१ गोलको बराबरीमा रोकिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083