वाइडबडी खरिद प्रकरण : उच्चस्तरीय समितिले प्रतिवेदन नबुझाएसम्म कुनै निर्णय नहुने
वि.सं.२०७५ पुस २६ बिहीवार १७:०७
4.67K
shares
shares

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक समितिले प्रतिवेदन नबुझाएसम्म यस सम्बन्धमा थप कुनै निर्णय नहुने बताएको छ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले आयोगले प्रतिवेदन तयार पारेपछि मात्रै वाइबडी प्रकरणमा किनारा लाग्ने बताए ।
सिंहदरबारमा बिहीवार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले लेखा समितिभित्रै वाइडबडी प्रकरणमा तयार पारिएको प्रतिवेदन विवादमा तानिएको अवस्थामा सरकारले गठन गरेको समिति स्वाभाविक भएको बताए ।




























