दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीको पत्रकार सम्मेलन : ईपीजी प्रतिवेदन बुझ्न भारत सकारात्मक

5.15K
shares

नयाँ दिल्ली । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन बुझ्नका लागि भारत सकारात्मक रहेको बताएका छन् । ईपीजीले गत जुलाइमै आफ्नो प्रतिवेदन तयार गरिसकेपनि भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले समय नदिँदा प्रतिवेदन बुझाउन सकेको छैन ।

राइसिना डायलगमा भाग लिन भारतको राजधानी नयाँ दिल्लीमा रहेका मन्त्री ज्ञवालीले शुक्रवार बिहान दूतावासमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीको प्रतिवेदन बुझ्न भारत सरकार सकारात्मक रहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले बिहीवार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए । स्वराजसँग हिजो भएको भेटवार्तामा समसामयिक विषय र इपीजीको प्रतिवेदन बुझाउने विषयमा समेत कुराकानी भएको थियो । स्वराजसँग व्यापार घाटा कम गर्नका लागि नेपाल तर्फबाट हुने चिया, कफी र अदुवाको निर्यात सहज बनाउन कुरा गरेको उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083