समलिंगी र्यापर केभिन फ्रेटको गोली हानी हत्या
वि.सं.२०७५ पुस २७ शुक्रवार १३:२७
4.84K
shares
shares

एजेन्सी । अमेरिकाको समलिंगी र्यापर केभिन फ्रेटको गोली हानी हत्या भएको छ।
पिउर्टो रिकोका २४ वर्षिया फ्रेटमाथि बिहिबार मोटर साइकलमा भ्रमणका क्रममा अज्ञात समूहले गोली हानेका थिए। फ्रेट ८ गोली लागेको अवस्थामा मृत भेटिएको जनाइएको छ। उनीमाथिको हत्याको अनुसन्धानलाई अगाडि बढाइएको छ। फ्रेट र्याप विधाका एक उत्कृष्ट कलाकार थिए।
उनको हत्याको उदेश्यबारे केही खुल्न सकेको छैन। फ्रेटले हालै नयाँ भिडियो ‘सोए आसी’ यूट्यूबमा अपलोड गरेका थिए। त्यस भिडियो ५ लाखभन्दा बढीले हेरेका छन्। फ्रेटका म्यानेजर इडवार्डो रोड्रिग्वेजले फ्रेट संगीतमा समपिर्त कलाकार भएको बताए।
सोए आसी (भिडियो)































