इन्डो प्यासफिसक सेना प्रमुख र रक्षामन्त्री पोखरेलबीच भेटवार्ता

4.56K
shares

काठमाडौँ । सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई अमेरिकाका युनाइटेड स्टेड इन्डो प्यासफिसक कमाण्ड (युसिण्डोपाकम) का सेना प्रमुख एण्डिरल फिलिप एस डेविड्सनले भेट गरेका छन् । उनले शुक्रबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर शिष्टाचार भेट गरेका हुन् ।

भेटको अवसरमा सेना प्रमुख डेविड्सनले पहिलो पटक नेपालमा आउन पाएको खुसी व्यक्त गर्दै दुई देशका सेनाबीच हुँदै आएको सहकार्य अझ सुदृढ र मजवुत गर्नु पर्ने धारणा राखेका थिए । उनले नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा पुर्‍याएको योगदानले नेपालको छवि उच्च भएको बताए ।

नेपाललाई सहयोग गर्ने बताउँदै उनले भने, ‘यसअघि द्विपक्षीय वार्ताअनुसार ओडिसीले छिटै नेपाल सरकारसँग समन्वय गरी सहयोग गर्ने छौँ ।’ भेटमा मन्त्री पोखरेलले डेविड्सनलाई स्वागत गर्दै नेपालको भ्रमण सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । उनले संयुक्त राज्य अमेरिकासँग नेपालको कूटनैतिक सम्बन्ध सन् १९४७ अप्रिल २५ देखि स्थापना भएको बताउँदै दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताए ।

मन्त्री पोखरेलले भेटमा नेपाली सेनाको क्षमता विकास, वीरेन्द्र शान्ति संचालन तालिम केन्द्रको स्तरोन्नति, आधुनिक विपद् व्यवस्थापन सामग्रीको सहयोगमा अमेरिकी सरकारले सहयोग गर्ने अपेक्षा गरिएको विषय राखेका थिए । भेटमा नेपालका लागि अमेरिकी राजदूत एचई रान्डी डब्लू बेरी र अमेरिकी राजदूतावासका अधिकारीहरु उपस्थिति थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083