बैद्य नेतृत्वको पार्टी नेकपामा समाहित

6.46K
shares

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को सुर्खेत जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच शुक्रबार वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी जिल्ला समिति नेकपामा समाहित भएको हो।

पार्टी कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका सुर्खेत जिल्ला सेक्रेटरी खडानन्द लामिछानेले कम्युनिष्टहरु टुटफुट भएर जाँदा जनताको आशा र विश्वास माथिको विश्वासघात हुने भएकाले आफूहरु नेकपामा समाहित भएको बताए।

नेकपामा क्रान्तिकारी माओवादीका जिल्ला नेताहरुलाई स्वागत गर्दै नेकपा कर्णाली प्रदेशका सचिव माया प्रसाद आचार्यले कम्युनिष्टहरु एक भए मात्र समाजवादको लक्ष्य हासील हुने बताए। साना साना बुकुरा बनाएर कम्युनिष्ट आन्दोलन संस्थागत नहुने भन्दै आचार्यले कम्युनिष्ट मिल्नुको विकल्प नरहेको बताए। सबै कम्युनिष्ट सदस्यले एक अर्कालाई सम्मान गरेर अघि बढ्नुपर्ने उनको जोड छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083